Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले एआईजीको दरबन्दी कटौतीको निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिनुभयो ।

संघीय प्रहरी ऐनको मस्यौदा निर्माणका क्रममा रहेको गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।

राजनीतिक नेतृत्वको भागवण्डा मिलाउने क्रममा कुनै समय प्राविधिकसहित १६ जनासम्म पुगेको थियो ।

सशस्त्र प्रहरीमा दुई जना मात्र एआईजी
मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी कटौती गरेको छ । अब त्यहाँ दुई जना मात्र एआईजी हुनेछन् । गृह मन्त्रालयले तीन एआईजी राख्ने प्रस्ताव गरेको थियो । हाल सशस्त्र प्रहरीमा ८ जना बहालवाला छन् । एक समय ११ जनासम्म्म पुगेका थिए ।

प्रहरीमा ३१०१ दरबन्दी थप
मन्त्रिपरिषद्ले नेपाल प्रहरीको संरचना प्रादेशिक तहमा रुपान्तरण गर्न सहमति दिएको छ । साथै ३ हजार १ दरबन्दी सृजना गर्ने निर्णय भएको छ । प्रहरी इकाइ नै नपुगेका स्थानीय तहलाई पहिलो प्राथमिकता दिई आगामी वर्ष १६०० र  बाँकी क्रमशः गर्ने गरी गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरिएको सञ्चारमन्त्री गोलुक बास्कोटाले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको दरबन्दी ७५ हजार नाघेको छ । नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी बढाउने सरकारकाे निणयसँगै नेपाल प्रहरीको जनशक्ति ७५ हजार ८ सय ३४ पुगेको हो ।

तपाईको प्रतिक्रिया