सल्यान – लगातार तीन घन्टा परेको बर्षातपछि बन्गाड खोलामा आएको बाढीका कारण सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीवजारस्थित गैलीबजार डुवानमा परेको छ । खोलामा आएको बाढीले सितली बिकको घर र छिन्चुजाजरकोट निर्माणाधिण पुल बगाएको छ । बाढीले १० जनाको घर भत्किएको छ ।
बाढी र डुवानका कारण ४० घर प्रभाबित भएका छन । अधिकांशका सामान बाढीले बगाउनुका साथै भिजेर काम नलाग्ने हुँदा झन्डै १० करोड बराबरको क्षती भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राती ३ वजे देखि परेको बर्षातपछि बन्गाड खोलामा आएको बाढी बाँधको अभाबका साथै पुल निर्माणका क्रममा थुपारिएका ढुंगामाटो लगायत अन्य सामग्रीले छेकेपछि बजारमा पसेको हो ।
डुवानका कारण खगेश्वर शर्माको पसल, दंङ्गाली फोटो स्टुडियो, मनि फर्निचर, वेम्बो कटेज, पुर्णिमा होटल र बाग्लुङ हार्डवयरको सिमेन्ट रहेको गोदाम, मेनुका किराना तथा थोक पसल लगाएत ३ दर्जन पसलको सामान बगाएको ईप्रका सल्लीबजारका सह ईन्चार्ज लालबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार खोलामा आएको बाढीले बजारमा पस्दा स्थानीयहरु राती नै घर छाडी भागेकाले मानबिय क्षती हुन पाएन ।








