Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

धनगढी – प्रदेश सात सरकारले आगामी आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख मोहनराज मल्लले शनिबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । दिगो विकासको लक्ष्यलाई प्राप्त गर्न समावेसी आर्थिक विकासमा जोड दिइने उल्लेख गर्दै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले आर्थिक विकासमा जनसहभागितालाई प्राथमिकतामा जोड दिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेशको अल्पकालीन र दिर्घकालीन विकास रणनीतिका आधारमा काम गर्ने उल्लेख गरिएको छ । समाजवाद उन्मूख अर्थतन्त्रको प्रर्वद्धनका लागि सार्वजनिक, नीजि, साझेदारीको नीति अबलम्बन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसंगको समन्वयमा कार्यान्वयन गरिने उल्लेख छ ।

स्थानीय तहले श्रोतको अभावमा पूरा गर्न नसकेका योजनामा दोहोरो नपर्ने गरी बजेट विनियोजन नीति प्रदेश सरकारले लिएको छ । सिमान्तकृत तथा पछाडि परेका वर्ग समुदायलाई मुल प्रवाहमा ल्याइने, लैगिंक हिंसामा शुन्य सहनशीलता, जातीय तथा सामाजिक विभेदको अन्त्य लगायका सामाजिक ऐजेण्डा प्रदेश सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन् ।

तपाईको प्रतिक्रिया