Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

बुटवल – प्रदेश ५ सरकारले ल्याएको नीति तथा कार्यक्रम सन्तोषजनक भए पनि कार्यान्वयनमा शंका रहेको सरोकारवालाले बताएका छन् । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश कार्यालय, बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने वक्ताहरुले गोलमटोल रुपमा नीति बनेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रमुख सचेतक दधिराम न्यौपाने माधवले सरकारको कार्यक्रम राम्रो हुँदा हुँदै पनि केही छुटेको बताउनुभयो । उहाँले अत्यन्तै महत्त्वका साथ नीति कार्यक्रम आएको र छुटेका कुराहरु क्रमशः समेटिँदै लगिने प्रतिबद्धता जनाउनुभयो । प्रदेशको राजधानीको टुंगो बहुमतको आधारमा नहुने भन्दै उहाँले दुइतिहाइले यसको निर्णय गर्नुपर्ने बताउनुभयो । राजधानीबारे निर्णय गर्दा ह्विप नलाग्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमालले सरकारको नीति तथा कार्यक्रममा राजधानीको कुरा र नामाकरण उल्लेख नहुनु लाजमर्दो भएको बताउनुभयो । नीति कार्यक्रम हेर्दा राम्रो तर विस्तृतमा केही नभएको आरोप उहाँले लगाउनुभयो । सघीय समाजवादी फोरमका नेता तथा प्रदेश सांसद सहश्रराम यादवले सरकारले ल्याएको नीति समृद्ध प्रदेश, खुसी जनता भने पनि नीति र सरकारको काम गर्ने शैलीले जनता खुसी नभएको आरोप लगाउनुभयो । उहाँले प्रदेश बलियो नबनेको बताउँदै प्रदेश बलियो नबन्दासम्म संघीयता मजबुत नहुने टिप्पणी गर्नुभयो ।

उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य नवराज श्रेष्ठले सरकारले ल्याएको एक गाउँ एक उत्पादन, एक गाउँ एक पोखरी, शित भण्डार उपयुक्त भए पनि उद्योगको विकास छुटेको बताउनुभयो । उहाँले उत्पादन इकाइ बनाएर काम गनुपर्ने बताउँदै मोतिपुर औद्योगिक क्षेत्रको डीपीआर र सिद्धबाबाको डाँडो काट्ने बारे सोच्नुपर्ने बताउनुभयो । लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्रा.डा. ईश्वर गौतमले सरकारले ल्याएको कतिपय नीति तथा कार्यक्रम राम्रो भए पनि उच्च शिक्षालाई महत्त्व नदिइनु बिडम्बना भएको टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया