काठमाडौं – नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएको भन्दै दुईमध्ये एउटाले पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको छ ।
‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो’ आज राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सांसद बडूले भन्नुभयो, ‘तत्काल एक जनाले राजीनामा दिनुपर्छ, सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ ।’
उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति स्वीकार्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो संविधानको मुलभूत विषयलाई चलाउन थाल्यौं भने अस्थिरता निम्तिन्छ, यो विषय अहिले प्रवेश गर्ने वेला भएको छैन ।’ प्रतिनिधिसभा सञ्चालन नियामावली दलहरुको सहमतिमा नै पारित भएको उहाँको भनाई छ ।
नेता बडुले भन्नुभयो, ‘सांसदहरु निलम्बन गर्ने विषय नियामावलीमा राख्ने होइन, त्यसको लागि छुट्टै ऐन बनाउने सहमतिका साथ अहिले निकास खोजिएको हो ।’








