टोकियो – वामी सेवा समिति जापानले यसवर्ष पनि महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ ।
समितिले आउँदो सेप्टेम्बर ५ तारिक बुधबारका दिन इकेकामी खाईकान हलमा तीज विशेष दर खाने तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्ने भएको हो । कार्यक्रमका नेपालबाट आउँने ख्याती प्राप्त कलाकारहरुको प्रस्तृती रहने समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँको अनुसार कलाकारको टुंगो लागि सकेपछि थप जानकारी गराइने छ ।
समितिले कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गर्दै कार्यक्रम नजुधाइ दिन पनि अनुरोध गरेको छ ।








