Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – कालिमाटी र बालाजुका ९९ जना फलफुल तथा तरकारी व्यापारी कारबाहीमा पर्ने भएका छन् । लामो समयदेखि गरेको छानविन पछि शुक्रबार बसेको बजार विकास समितिको बैठकले ९९ व्यापारीको सूची तयार पारेको हो ।

यस्तै अरु व्यापारीलाई पनि वर्गिकरण गर्दै कारबाहीको तयारी गरेको छ। प्रायः व्यापारीलाई स्पष्टिकरण सोधिने भएको छ । छानविनका आधारमा कालिमाटी र बालाजुका फलफूल, तरकारी र माछा व्यापारीलाई रातो, निलो, पहेलो र सेतो गरी चार भागमा वर्गिकरण गरिएको  । खतराको सूची रातोमा ९९ जनाव्यापारी परेका छन् । त्यसभन्दा कम कारबाहीमा पर्ने निलोमा १३१, फाट्ट फुट्ट नियम उलंघन गर्ने पहेलोमा २०९ जना र खतरामुक्त अर्थात पूर्ण रुपमा नियम पालना गर्ने व्यापारीको संख्या १५९ जना रहेको छ ।

रातो सूचिमा रहेका व्यापारी बजार क्षेत्रमा उपस्थित नहुने, कारोवारमा संलग्न नहुने, अन्य व्यक्तिलाई कारोबार गर्न दिएर बजार अनुगमन र नविकरणको समयमा मात्र उपस्थित हुने, विदेशमा रहेको अन्य व्यक्तिबाट कारोबार गरिरहेको र पसल भाडामा लगाएको व्यापारी रहेका छन् । यो सूचीमा पर्ने व्यापारीलाई सम्बन्धित व्यक्तिलाई नै पत्र बुझाई इजाजत पत्र खारेज गरी सम्झौता रद्ध किन नगर्ने भनि ७ दिन भित्र लिखित जवाफ माग्ने बोर्डले निर्णय गरेको छ । चित्त नबुझे सम्झौता रद्ध गरी गोला प्रथाद्धारा अरुलाई दिने बोर्डको तयारी छ ।

तपाईको प्रतिक्रिया