काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रदेश १ को संसदलाई सम्बोधन गर्नु हुने भएको छ । सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट लगायतका विषयमा ओलीले धारणा राख्ने बताइएको छ ।
प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन गर्ने नियमावली नभए यसअघि प्रदेश ३ र ५ को संसदलाई ओलीले सम्बोधन गरिसक्नु भएको छ । प्रदेश ३ मा गत सोमबार सम्बोधन गर्नुभएको ओलीले प्रदेश ५ मा बैसाख १६ मा सम्बोधन गर्नु भएको थियो ।








