Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – वीर अस्पतालमै अनसन बसेकी गंगामाया अधिकारीको जीवनरक्षा माग गर्दै मानव अधिकारकर्मीहरुले राष्ट्रिय मानव अधिकार आयोगमा बिहान धर्ना दिएका छन् ।

गोरखा फुजेलकी अधिकारी आफ्नो छोरा कृष्ण अधिकारीको हत्यारालाई सजाय गर्न माग गर्दै केही दिनदेखि वीर अस्पतालमा अनसन थालेकी छन्। उनका पति नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भएको थियो। गंगामायाको माग र बिग्रँदो स्वास्थ्य स्थितिको तत्काल सम्बोधन माग गर्दै द्वन्द्वपीडित र अधिकारकर्मीले बिहान १० बजे आयोगमा धर्ना दिएका हुन् ।

धर्नालाई सम्बोधन गर्दै आयोगका सदस्य प्रकाश वस्तीले अदालतमा मुद्दा विचाराधीन रहेको र त्यसमा न्याय दिलाउने कुरामा कानुनले दिएको अधिकार क्षेत्रभित्र रही आयोगले आफ्नो काम गर्ने बताउनुभयो । अदालत लगायत सबै राष्ट्रिय निकायहरू कमजोर रहेको अवस्थामा आयोगले द्वन्दकालीन घटना लगायतको सम्पूर्ण मानव अधिकार उल्लंघनका विषयमा तत्काल कदम अगाडि बढाउन दबाब दिने उद्देश्यले धर्ना दिइएको उनीहरुको जिकिर छ ।

द्वन्द्वकालमा मामाघर चितवन आएको समयमा कृष्ण अधिकारीको अपहरण गरी तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो। हत्या सम्बन्धी मुद्दा चितवन जिल्ला अदालतमा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया