Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

रुपन्देही – प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ ।

दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को लागि नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यसूची रहेको छ ।

मन्त्री परिषदको विहीबारको बैठकले शुक्रबार पेश हुने नीति तथा कार्यक्रम पारित गरी प्रदेश प्रमुख उमाकान्त झालाई नीति तथा कार्यक्रम वाचनका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई अद्यावधिक गरी नयाँ र विशेष कार्यक्रम समेटिने बताइएको छ ।

तपाईको प्रतिक्रिया