Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

दाङ – दाङको पहरुवामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । दुर्घटनामा भारतीय नागरिक मोहम्मद मुर्वीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइते मध्ये ९ जनालाई लमहीमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज लगिएको छ । अन्य २३ जनाको लमहीमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख १८२९ न को यात्रुबाहक बस बिहान साढे ६ बजे राप्ती गाउँपालिका वडा नं ५ को पहरुवामा दुर्घटनामा परेको हो .। बस तीव्र गतिमा भएको र चालक निदाएकोले गाडी सडकबाट खोलामा खसेको दुर्घटनामा घाइते हुनु भएकी दैलेख नयाँ बजारकी आयुष्मा थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया