Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं– आज बस्ने प्रतिनिधि सभाको बैठकमा संसद नियमावली पेश हुने भएको छ।

सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको ‘प्रतिनिधि सभा नियमावली, २०७५’को मस्यौदा दफावार छलफलका लागि संसदमा पेश हुन लागेको हो।

सत्तापक्षकै सांसदहरुले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नुपर्ने अडान लिएपछि संसद नियमावली संसदमा पेश हुन सकेको थिएन।

तर नियमावलीको बचाउ गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले भने फौजदारी अभियोग लागेका सांसदलाई पूर्पक्षका लागि थुनामा राखेपछि उसको पद निलम्बन हुने कुरालाई अन्यथा ठान्न नहुने टिप्पणी गर्दै आएका छन्।

यता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले भने पूर्पक्षका लागि थुनामा राखिएका सांसदलाई अभियोग पुष्टि नभएसम्म निलम्बन गर्न नहुने अडान राख्दै आएका छन्।

संघीय संसद सचिवालयका अनुसार नियमावलीमाथि छलपलका क्रममा सांसदहरुले संशोधन प्रस्तावसमेत पेश गर्न सक्नेछन्। नियमावलीलाई आजै पारित गर्ने कार्यसूची रहेको छ।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

तपाईको प्रतिक्रिया