Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

धरान – बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल गोल्डकपको २० औं संस्करण आगामी माघ २० गतेदेखि २७ सम्म धरान रङ्गशालामा हुने भएको छ ।

आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरु भएको र पुरस्कार राशीमा केही रकम वृद्धि गर्ने घोषणा गरेको हो । कुल ११ लाख ७७ हजार रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगिता दुई दशक पुगेको अवसरमा विधागततर्फ र उपाधि विजेतालाई दिइने रकममा वृद्धि गरिने भएको छ ।

क्लबका अध्यक्ष एवम् एन्फा उपाध्यक्ष किशोर राईका अनुसार यसअघि एन्फा एकेडेमीको खेल मैदानमा हुँदै आएको प्रतियोगिता यसपटक धरान रङ्गशाला गरिने भएको छ । प्रतियोगितामा भारत कोलकाताको गरिफा फुटवल क्लव र बंगलादेशको धनमुन्दी क्लव सहित १० टिमको सहभागिता रहने छ ।

तीन विभागीय टोलीसँगै लक्ष्मी हुण्डाई मनाङ्ग मस्र्याङदी, सीएमजी संकटा, रुस्लान थ्रिस्टार, अण्डर नाईन्टीन राष्ट्रिय नेपाली टिम र आयोजक धरान फुटबल क्लबले सहभागिता जनाउने छन् ।  विजेता टिमले ५ लाख एक हजार, उपविजेताले २ लाख ५१ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसैगरी उत्कृष्ट स्टाइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यमाहा मोटरसाइकल प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अघिल्लो संस्करणको उपाधि नेपाल पुलिस क्लवले जित्दा संकटा क्लवले उपविजेतामा चित्त बुझाएको थियो ।

तपाईको प्रतिक्रिया