Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सरकारसँग १० बुँदे सहमतिपछि प्राडा गोविन्द केसीले १४ दिनदेखिको अनशन अन्त्य गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र केसी पक्षबीच भएको वार्तामा आगामी कात्तिक ६ गते मन्त्रिपरिषद्को बैठकबाट अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन जारी गर्नेलगायतका १० बुँदे सहमति भएपछि डा केसीले अनशन हिजो अन्त्य गर्नुभएको हो ।

शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य मन्त्री दीपक बोहोरा, स्वास्थ्य सचिव डा किरण रेग्मी, प्रधानमन्त्री कार्यलयका सचिव महिन्द्रप्रसाद उपाध्याय, चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठ, वरिष्ठ अधिवक्ता ओमप्रकाश शर्मालगायतको रोहवरमा १० वर्षे बालिका रोजिना तामाङको हातबाट महपानी खाएर डा केसीले अनशन तोड्नुभयो ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याउने प्रस्ताव राखेपछि दिउँसो प्रधानमन्त्री, शिक्षामन्त्री, पूर्वमन्त्री थापा, प्रा केदारभक्त माथेमा, डा केसीका तर्फबाट डा अभिषेकराज सिंहलगायतको प्रधानमन्त्री निवासमा बैठक बसेको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्नुअघि डा केसीले प्रम देउवासँग टेलिफोन वार्ता गर्दै कात्तिक ६ गते सहमति कार्यान्वयन नभए ७ गते पुनः अनशन बस्ने चेतावनी दिनुभएको थियो । प्रधानमन्त्री देउवाले यसपटक सहमति कार्यान्वयन हुने विश्वास दिलाउनुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया