Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भई स्वास्थ्यमा जनताको हित हुने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘मबाट राम्रा योजनाका लागि कुनै हस्तक्षेप हुदैँन, देशलाई अगाडि बढाउने प्रमुख जिम्मेवारी तपाइँ स्थायी कर्मचारीकै काँधमा छ, त्यसै राम्रा योजना ल्याउनुस्, पूर्वमन्त्रीका राम्रा कामलाई निरन्तरता दिनुस्, बिना तबाब ढुक्कसँग काम गनुहोस् ।’

मन्त्रालयमा उपस्थित कर्मचारीलाई निर्देशन दिने क्रममा स्वास्थ्य मन्त्री बोहराले आफू २०४१ सालमा यातायात मन्त्री हुँदा मन्त्रालयलाई धूमपानरहित मन्त्रालय बनाएको प्रसंग झिक्दै धेरै कर्मचारी त्यसको विपक्षमा भएपछि छुट्टै कोठामा बनाइ त्यहाँ मात्र धूमपान गर्न सकिने व्यवस्था गरेको स्मरण गर्नुभयो ।

‘मन्त्रालयमा समेत यस्तो सोच थिएन, यस्तो निर्णयपछि दक्षिण एसियामै हामीले पहिलो धूमपानरहित मन्त्रालयका रुपमा प्रशंसा पाएका थियौँ, स्वास्थ्यमा पनि सबैको हित हुने केही नयाँ काम गरौं’ उहाँले भन्नुभयो । महँगो स्वास्थ्य सेवाका कारण जनताले आफ्नो आम्दानीले गुणस्तरीय सेवा नपाइरहेको भन्दै उहाँले सरकारले सुलभ स्वास्थ्य सेवाको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

दुई फाइल सदर
मन्त्री बोहराले पदभार ग्रहण गर्दै शहरी स्वास्थ्य नीतिसम्बन्धी संशोधन फाइल र भूकम्पले क्षति गरेका २५२ स्वास्थ्य संस्था निर्माणसम्बन्धी फाइल सदर गर्नुभयो ।

स्वास्थ्य सचिव किरण रेग्मीले विगत दुई दशकमा स्वास्थ्य क्षेत्रले राम्रो प्रगति गरेको भए पनि नसर्ने रोग, मातृ मृत्युदरलगायतका विषयमा अझै काम गर्नुपर्ने बताउनुभयो । संघीयतामा कर्मचारी समायोजन ठूलो चुनौती भएको भन्दै सचिव रेग्मीले स्वास्थ्यमा पर्याप्त बजेट नबढाई अपेक्षाकृत उपलब्धि हासिल नहुने बताउनुभयो ।

स्वास्थ्यमा हाल कुल बजेटको ३ दशमलब ७ प्रतिशत मात्र बजेट विनियोजन भएकाले त्यसलाई कम्तीमा १० प्रतिशत पुर्याउन आवश्यक भएको उहाँको भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया