Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो-मार्चको ३१ देखि अप्रिलको २ तारिकसम्म जापानकाे गाेतेन्बामा भएकाे १२ वर्ष मुनिका खेलाडीहरूको अन्तर्राष्ट्रिय बाल फुटवल प्रतियोगिताकाे हिसाब किताव सार्वजनिक गरेकाे छ । अन्तर्राष्ट्रिय ‘कोपा पुमा तोररस फुटबल प्रतियोगिता-२०१७’ नाम दिईएको अन्तर्राष्ट्रिय बाल फुटवल प्रतियोगितामा भाग लिन नेपालबाट एक प्रशिक्षकसहित १२ खेलाडीहरू जापान अाएका थिए । विगत ७ वर्षदेखि जापानमा हुँदै अाईरहेको यस प्रतियोगितामा नेपालले दाेस्राे पटक सहभागिता जनाएकाे हाे ।

जापानमा गरिएकाे अार्थिक सहयाेग अभियानमा संकलित रकम १२ लाख ४१ हजार ५०० येन र नेपालमा संकलित सहयाेग रकम ३ लाख ३० हजार रहेकाे अाय विवरण अायाेजकले सार्वजनिक गरेकाे छ । त्यसैगरी जापानमा भएकाे खर्च १२ लाख २८ हजार १६२ र नेपालमा ३ लाख ४ हजार ७५० खर्च भएकाे अायाेजकले बताएकाे छ । संकलित रकमबाट खर्च कटाएर जापानमा १३ हजार ३३८ येन र नेपालमा २५ हजार २५० बाँकी रहन गएकाे छ । वचत रहन अाएकाे रकम अागामी खेलमा प्रयाेग गरिने अायाेजकले बताएकाे छ ।

संयाेजकद्वय पूर्व नेपाली राष्ट्रिय फुटवल खेलाडी बसन्त गौचन र प्रकाश तुलाचनले प्रतियाेगितामा नेपालकाे सहभागिता गराउनकाे लागि नेपाल तथा जापानमा अार्थिक सहयाेग संकलन गरेका थिए । प्रतियाेगिता सम्पन्न गर्नकाे लागि सहभागी खेलाडीहरू, जापानका सम्पूर्ण खेलप्रेमी र च्यारिटी डिनर लगायतका अार्थिक संकलन अभियानमा सहभागिता जनाइदिने सम्पूर्णमा अायाेजकले धन्यवाद भनेकाे छ । ***
अायव्ययकाे विस्तृत विवरण हेर्न यहाँ जानुहाेस् । 

तपाईको प्रतिक्रिया