Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको चेल्सी पराजित भएको छ । शनिबार राती भएको खेलमा चेल्सीलाई लण्डन प्रतिद्धन्दी क्रिष्टल प्यालेसले २–१ ले हराएको हो । खेलमा चेल्सीका सेस्क फाब्रिगासले पहिलो गोल गरे ।

तर प्यालेसका बेन्टेके र जाहाले एक एक गोल गरेपछि घरेलु टोली चेल्सी पराजित भएको हो । राती भएको अर्को खेलमा लिभरपुलले एभर्टनलाई ३–१ ले हरायो ।

लिभरपुलको मैदानमा भएको मर्सीसाईड डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सादियो माने, फिलिप कौटिन्हो र डिभोक ओरीगीले एक एक गोल गरे । एभर्टनका लागि म्याथ्यु पेनीङ्टनले एक गोल फर्काए ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा टोटनह्याम हट्सपरले बर्न्लेलाई २–० ले हराँउदा हल सिटीले वेष्ट ह्याम युनाईटेडलाई २–१ ले, लेष्टर सिटीले स्टोक सिटीलाई २–० ले तथा वाट्फोर्डले सण्डरल्याण्डलाई १–० ले हराएका छन् । साउथह्याम्पटन र बर्नमाउथले भने गोलरहित बराबरी खेलेका छन् ।

रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा कायमै छ । समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको लिभरपुल ६० अंकको साथ तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया