Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो – लुम्बिनी भ्रमण बर्ष- २०१२ को प्रबर्द्धन गर्ने सिलसिलामा छोटो समयका लागि जापान आएका नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरको स्वागतमा टोकियोमा शनिबार सांझ रात्रीभोजसहित एक भेटघाट कार्यक्रम सम्पन्न भयो ।

एनेकपा माओबादीका पोलिटब्युरो सदस्य एवं केन्द्रिय सदस्यसमेत रहेका मन्त्री बिष्टको स्वागतमा जापानमा रहेको पार्टीनिकट भात्तृसंस्था नेपाली जनप्रगतिशील मोर्चाले उक्त कार्यक्रमको आयोजना गरेको हो । मन्त्री बिष्टलाई  मोर्चाका अध्यक्ष बेलु थापाले स्वागत गरेका थिए ।

सो अवसरमा मन्त्री बिष्टले नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष-२०१२ लाई जापानमा प्रबर्द्धन गर्ने सन्दर्भमा यसका संभावनाहरुको आवश्यक अध्ययन गर्न आफु जापान आएको बताए ।
उनले पार्टीभित्रको अन्तरसंघर्षबारे प्रकाश पार्दै अगाडि भने- ‘एउटा जल्दोबल्दो ठूलो पार्टीभित्र विचार, चिन्तन र राजनैतिक हिसाबले भिन्न मत राख्ने साथीहरु अवश्य छन् यद्यपि बिरोध र बिद्रोह गर्दैमा सबै बिरोध र बिद्रोहहरु सहि र सार्थक हुदैनन् । यसलाई हामी छलफल र बहसबाट समाधान गर्ने ठूलो प्रयत्न गरिहेका छौं । हामीबीच नेतृत्वको बिबाद र कुनै भ्रम छैन, शान्तिमा होस् या क्रान्तिमा हाम्रो सर्बोपरी, शिर्षस्थ  र आधिकारिक नेता कमरेड प्रचण्ड नै हो । अझ म त के भन्छु भने नेपालमा सयौ बर्ष सम्मको सोंच र राजनैतिक चिन्तन बोकेको त्यस्तो कोही राजनेता छ भने उनी  प्रचण्ड नै हुन, अरु छैन ।  माओबादीहरु बिचारले बाँच्ने जात भएकोले फरक बिचार राख्नेहरु हुनु अस्वभाविक होईन । यद्यपि, हामी बिचारमा प्रष्ट छौं, फ़रक बिचार राख्नेहरु बिगतमा झैं चोइटिन सक्लान् तर पार्टी फ़ुट्न सक्दैन, रुखको एउटा हांगा भांचिएर सिंगो रुख सुकेर जादैन ।’- उनले भने ।

भेटघाटका अवसरमा मन्त्री बिष्टले लुम्बिनी भ्रमण बर्षलाई प्रबर्द्धन गर्ने उद्देश्यले निकट भबिष्यमा पार्टी अध्यक्ष प्रचण्डलाई जापान भ्रमण गराउने कार्यक्रम रहेको पनि खुलासा गरे । उनले लुम्बिनी भ्रमण बर्षको अवसरमा जापानभूमिबाट यहाँका नेपालीहरुले शान्ति, क्रान्ति र नयाँ नेपालको सुनौला बिहानीका लागि हरसंभवका सहयोग गर्न र समर्थन जुटाउन संगठित भएर रहन र आफुलाई तयार राख्न अपिल गरे ।

भेटघाट कार्यक्रममा टोकियोमा रहेका मोर्चा संबद्ध कार्यकर्ता, नेपाल मगर संघ टोकियोका प्रतिनिधिहरु, मिडियाकर्मी, ब्यवसायी, बुद्धिजीवी र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली खाजाघर म:म: को सभाहलमा भएको थियो । कार्यक्रममा एनेकपा माओबादीका राज्यसमितिका सदस्यसमेत रहेकी मन्त्री बिष्टकी धर्मपत्नी दुर्गा बुढा मगरको पनि उपस्थिति रहेको थियो ।

मन्त्री बिष्ट आजै बिहान स्वदेश प्रस्थान गरेका छन् । उनलाई नारिता अन्तरराष्ट्रिय विमान स्थलमा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र मोर्चाका पदाधिकारीहरुले बिदाई गरे । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया