Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

बैतडी – योङ स्टार क्रिकेट क्लब मेलौली र निङ्गलाशैनी क्रिकेट क्लब यहाँ जारी सहिद दशरथचन्द स्मृति यु–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

आज निङ्गलाशैनी खेल मैदानमा सम्पन्न खेलमा त्रिलोचन क्रिकेट क्लव गोठलापानीलाई ३५ रनले पाखा लगाउँदै योङ स्टारले एक खेलअगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको योङ स्टार ३३ दशमलव ३ ओभरमा १८९ रनमा समेटियो । एकसय ९० रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको त्रिलोचन २७ दशमलव २ ओभरमा बनाउँदा १५४ रनमा अलआउट भएको हो । त्रिलोचनको पारी ध्वस्त पार्न प्रकाश सिंहले ४ तथा म्यान अफ द म्याच भएका सरोज नायकले तीन विकेट हात पारेका थिए ।

यसैबीच, त्रिलोचन क्रिकेट क्लव प्रतियोगिताबाट बाहिरिएसँगै यसअघि नै लिग चरणका दुई खेल जितिसकेको निङ्गलाशैनी क्रिकेट क्लब पनि सेमिफाइनल प्रवेश गरेको छ । आजै सम्पन्न खेलमा जगन्नाथ क्रिकेट क्लवले त्रिपुरा क्रिकेट क्लवलाई ८२ रनले हराउँदै निङ्गलाशैनी सेमिफाइनल प्रवेश गरेको हो

प्रतियोगिताअन्तर्गत बुधबार निङ्गलाशैनी क्रिकेट क्लवले योङस्टार क्रिकेट क्लव मेलौलीबीच तथा जगन्नाथ क्रिकेट क्लबले कालाशैनी क्रिकेट क्लवसँग प्रतिस्प्रर्धा गर्नेछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया