Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

नयाँ दिल्ली – विराट कोहली सीमित ओभरको क्रिकेटको भारतीय टिमको कप्तानमा नियुक्त भएका छन् । महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि कोहलीको कप्तानीमा भारतीय टोली इंग्ल्याण्डसँग खेल्ने भएको हो ।

सन् २०१४ देखि टेस्ट कप्तान रहेका कोहलीको कप्तानमा भारतले इंग्ल्याण्डसँग तीन एक दिवसीय तथा तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्नेछ । श्रृँखला जनवरी १५ देखि सुरु हुनेछ ।

भारतीय क्रिकेट काउन्सिल बिसिसिआईले शुक्रबार इंग्ल्याण्डसँगको श्रृँखलाका लागि टिम घोषणा गरेको हो । कोहलीको कप्तानीमा अलराउण्डर युवराज सिंह एक दिवसीय टिममा पुनरागमन गरेका छन् ।

यस्तै सुरेश रैनाले ट्वेन्टी–ट्वेन्टी टिममा पुनरागमन गरेका छन् । कोहलीको कप्तानीमा रहेको टिममा महेन्द्र सिंह धोनी, केएल राहुल, शिखर धवन, मनिष पाण्डे, केदार जाधव, युवराज सिंह, अजिन्क्या रहाणे, हार्दिक पाण्ड्य, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अमित मिश्रा, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र उमेश यादव छन् ।

 

तपाईको प्रतिक्रिया