Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौ – प्रधानमन्त्री एवं नेकपा एमालको अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताउनुभएको छ । debua and oli

एमाले उच्च स्रोतका अनुसार देउवासँग ओलीले बुधवार फोन संवादमा ओलीले भन्नुभयो,‘देउवाजी तपाईँलाई समर्थन गर्न सक्छु ।’ जवाफमा देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने बचन दिइसकेकाले अहिलेलाई केही गर्न नसक्ने उत्तर दिएको आजको अन्नपूर्णमा खबर छ ।

स्रोतका अनुसार देउवाले ‘ओलीले मंगलबार रातीसम्म त्यस्तो प्रस्ताव राख्नुपथ्र्यो, अब ढिलो भयो’ भन्नुभयो । एमाले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम लगायतका नेताले देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न आग्रह गर्न प्रस्ताव गर्न आग्रह गर्नुभएको थियो भने ओलीले प्रस्ताव पनि गर्नुभयो तर देउवाले ढिला भएकोले मान्न नसक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया