Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

बैतडी – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि झुलाघाट पक्की पुल निर्माणका लागि पहल भइरहेको बताउनुभएको छ ।

शनिवार बैतडीमा भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले बैतडीको सीमा नाका झुलाघाटमा पक्की पुल निर्माणका लागि राजनीतिक तहमै छलफल सुरु भइसकेको बताउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको समेत कार्यभार सम्हालेका मन्त्री थापाले विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अगाडि बढेको बताउँदै मन्त्री थापाले आयोजनाको डिपिआर निर्माणको काम भइसकेको बताउनुभयो ।

देशको आर्थिक विकास एवम् सबै नागरिकलाई आत्मनिर्भर बनाउन राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिँदै राजनीतिक स्थिरता कायम भए आर्थिक विकास हुने र आर्थिक विकास भए रोजगारीका सम्भावना बढ्ने उँहाको भनाइ थियो । हिन्दु राष्ट्र कायम हुनुपर्ने अभियानमा लाग्दै आउनुभएका मन्त्री थापाले आफूले संविधानअनुसार धर्मको रक्षा गरिरहेको जानकारी गराउँदै नेपालको संविधानमा धर्म निरपेक्षता लेखेको भए पनि धर्म निरपेक्षताको व्याख्यामा सनातन धर्मको संरक्षण रहेको भन्दै आफूले सोही संवैधानिक दायित्व पूरा गरिरहेको बताउनुभयो ।

संविधान निर्माण भएसँगै संविधान कार्यान्वयनको जिम्मेवारी सबैको भएको भन्दै सरकारले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन घोषणा गरेको र आगामी २०७४ मा आमनिर्वाचन घोषणा गरेकाले ती दुवै निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मधेसवादी दलहरूले गरिरहेको आन्दोलनका विषयमा बोल्दै मन्त्री थापाले मधेसवादी दलहरूले उठाएका धेरैजसो माग सम्बोधन भइसकेको र सीमाङ्कनको विषयमा पनि सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि गराउनुभयो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया