Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

पाँचथर – सत्य निरुपण तथा मेलमिलाप आयोगमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध गम्भीर मानव अधिकार उल्लङ्घनमा उजुरी परेको छ ।

देउवा प्रधानमन्त्री भएकै बेला युद्धविराम भएर शान्तिवार्ता चलिरहेको अवस्थामा शाही सेना पठाएर पाँचथरको आङसराङ–१ मा तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी)का निःशस्त्र रहेका नेता तथा कार्यकर्ताले सेल्टर लिएको घरमा घेरा हालेर हत्या गर्न लगाएको आरोप उजुरीमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय कानुनमा पनि निःशस्त्र रहेका विद्रोहीलाई मार्न नपाइने व्यवस्था रहेको भन्दै सो घटनालाई गम्भीर मानव अधिकार उल्लङ्घनका रूपमा आयोगमा उजुरी दिएको जनाइएको छ । ६ जना सहिदका परिवारले दिएको सामूहिक उजुरीमा तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, बटुक दल गणका तत्कालीन मेजर हर्कबहादुर सिंह र तत्कालीन प्रहरी नायब उपरीक्षक सुरज केसी र सुराक दिनेहरुलाई विपक्षी बनाइएको छ ।

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी दिएको सहिद लक्ष्मी राईका भाइ पुरण राईले बताउनुभयो । २०६० साल भदौ ९ गते आङसराङ–१ को मेहेलबोटेमा शाही सेनाद्वारा माओवादीले सेल्टर लिएको घरमा घेरा हालेर ६ जना मारिएका थिए । माओवादीका जिल्ला अध्यक्ष होम जवेगू सूर्यमानका अनुसार मेहेलबोटेमा सुभाङका योगेस खनाल लोचन, सिदिन–८ का मोहन आङबो, लिम्बा–६ का दीपक धिमाल, सिवा–९ का लक्ष्मी राई र आङसराङका कमलबहादुर आङदेम्बे र अवीन्द्र आङदेम्बे सेनाद्वारा मारिएको बताउनुभयो ।

यसैबिच, स्थानीय शान्ति समिति पाँचथरका सचिव टङ्क पौडेलका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमा २ सय ६१ वटा उजुरी परेको छ । अधिकांश उजुरी राज्य पक्षको विरुद्धमा छ । उहाँका अनुसार चन्दा सङ्कलनमा रसिद नदिएको, कुटपिट तथा विस्थापितमा अधिकांश माओवादी विरुद्ध र बेपत्ता पारिएकामा राज्य पक्षको विरुद्धमा उजुरी परेको हो ।

तपाईको प्रतिक्रिया