Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ ७, २०८२
Tuesday, May 20, 2025

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक रूपमा अवलोकन गर्नुभएको छ । दिउँसो पौने २ बजे विमानस्थल पुग्नुभएका प्रधानमन्त्रीले झन्डै एक घण्टा विमानस्थल निरीक्षण गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने र स्वदेश फर्किने यात्रुले सास्ती व्यहोर्नुपरेको गुनासो बढेपछि प्रधानमन्त्री ओली मंगलबार आकस्मिक छड्केको लागि विमानस्थल पुग्नुभएको हो । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री आकस्मिक निरीक्षणमा गएको बेला विमानस्थलमा सेवाग्राहीलाई सेवा दिन भइरहेको ढिलाइ, सरसफाइको अवस्था लगायतको विषयमा जानकारी लिएका लिनुभएको थियो ।

विमानस्थलको निरीक्षणपछि प्रधानमन्त्रीले प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार चौडा बनाउन, विमानस्थलमा ‘प्रोपर स्क्यानिङ मेसिन’ राख्न, सीसी क्यामेरा जडान गर्न, अनअराइभल भिसाको शुल्क तिर्ने ठाउँमा भएको भीडलाई कम गर्न शुल्क तिर्ने मेसिन थप्न निर्देशन समेत दिनुभएको थियो ।

साथै प्रधानमन्त्रीले विमानस्थलमा काम गर्ने कर्मचारी, पसल सञ्चालक सबैलाई सुरक्षा जाँचमा कडाई गर्न पनि सरोकारवाला पक्षलाई पनि निर्देशन दिनुभयो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया