Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025
काठमाडौं- भारतीय राजदूत जयन्तप्रसादले नेपालका राजनीतिक दलहरुसँग विकल्प नभएकोले शान्ति प्रक्रिया र संविधान निर्माण सहमतिमै सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् । ‘शान्ति र संविधानको जिम्मेवारी पूरा गर्ने समय छोटिदैछ यस विषयमा नेपाली नेताहरु जानकार छन्’, उनले भने ।
ऋषि धमलाले उत्पादन गरेको वृत्तचित्रको सुभारम्भ गर्दै राजदुत जयन्तप्रसादले भने-‘नेपालमा माओवादी, प्रजातन्त्रबादी र राजावादीबीच ठूलै मतभेद हुनु स्वभाविक भए पनि सहमतिमा अघि बढ्नु विकल्प छैन ।’ उनले संविधानसभा आफै मिलन बिन्दु भएकोले दलहरु अन्तत संविधानसभामा आएर मिल्ने विश्वास ब्यक्त गरे ।
एक पटकमै संविधान सर्वस्विकार्य हुन पर्छ भन्ने अपेक्षा राख्न नहुने उल्लेख गर्दै उनले कहीँ पनि एकै पटक सर्वस्विकार्य संविधान आउन नसक्ने दावी गरे । ‘रुसको संविधानमा पनि प्रजातन्त्रको विषयमा विस्तृत ब्याख्या गरिएको थियो तपाईहरुलाई त्यहाँको हालत थाहा नै छ, बेलायतमा संविधान छैन त्यहाँको बारेमा पनि तपाईलाई थाहाँ नै छ । भारतले पनि धेरै पटक सविधान संसोधन गरिसक्यो। भारत पनि अहिलेसम्म सिक्दै अगाडि बढ्दैछ ।’
नेपाल र नेपाली जनताले चाहेको क्षेत्रमा भारत सहयोग गर्न तयार रहेको भनाइ उनको थियो । नेपालको ब्यापार प्रवर्द्धन गर्न नेपाली सामानको निर्यात गर्न ड्यूडी फ्री बनाउने, आयातलाई झण्झट मुक्त बनाउन एकद्वार प्रणाली बनाएर तेस्रो मुलुकबाट आयात गर्ने बस्तु सिधै नेपाल पठाउने ब्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए । उनले तराईमा १५ सय किलोमिटर सडक निर्माणमा पहिलो चरणको काम सुरु भएको भन्दै सन् २०१३ सम्म सम्पन्न हुने नेपालको १६० किलोमिटर रेलमार्ग विस्तार र परिमार्जन कार्य द्रुत गतिमा बढिरहेको बताए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया