Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – श्रम संस्कृति महाअभियान जापानको पहिलो ऐतिहासिक अधिवेशनले सुदन लामा (सुपत)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार टोकियोमा आयोजित अधिवेशनले सुपतको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा भीषण राईलाई चयन गरेको छ भने उपाध्यक्षको वसन्त पुमा राई, नवीन भट्टराई ‘निराकार’, हिराधन राई र दीप लिम्बूलाई दिइएको छ । महासचिव पदमा निशान राई निर्वाचित हुँदा सह-महासचिवमा विप्लप सिङ्तान र राजकुमार तामाङ तथा सचिवमा मुक्तमान गुरुङ चयन भएका छन् । संस्थाको आर्थिक सुशासन र व्यवस्थापनका लागि कोषाध्यक्षमा सगुन चाम्लिङ राई र सह–कोषाध्यक्षमा सविक राईलाई जिम्मेवारी सुम्पिएको छ ।महाअभियानका गतिविधि आमसमुदायमा पुर्‍याउन प्रवक्तामा विशाल राई र सह–प्रवक्तामा पारुशिन राई सर्वसम्मत चयन भएका छन् । कार्यसमितिका केन्द्रीय सदस्यहरूमा नरेश लामा, जयन राई, दोर्जे शेर्पा, दीपक के।सी।, अमृत पौडेल, कबिर लामा, कुसुम थापा मगर, सञ्जय घर्ती मगर, रविन गुरुङ, उमा राई, राजबहादुर गुरुङ, गोपाल थापा मगर, पूर्णकुमार आङ्देम्बे, विशाल कुलुङ राई, रविन नेवाहाङ राई र जयराम तामाङ चयन भएका छन् ।संस्थालाई वैचारिक र रणनीतिक मार्गदर्शन प्रदान गर्न एक शक्तिशाली सल्लाहकार समिति पनि गठन गरिएको छ । जसमा विश्वास लिम्बू, विमान किराँती, देवीबहादुर इङ्नाम लिम्बू, राजकुमार राई, आर।बी। मगर, हर्क राज गुरुङ, भीम गुरुङ र टम गुरुङ रहेका छन् ।अधिवेशनपछि संस्थाको आगामी कार्यदिशाबारे जानकारी दिँदै नवनिर्वाचित प्रवक्ता विशाल राईले समितिलाई अझै फराकिलो बनाइने बताए । कार्यसमितिलाई थप समावेशी, सन्तुलित र प्रभावकारी बनाउन चाँडै नै ५१ सदस्यीय बनाइने उनले जानकारी दिए । यसका साथै, अग्रज र बौद्धिक व्यक्तित्वहरूलाई समेटेर सल्लाहकार समितिलाई समेत परिमार्जन गरी १३ सदस्यीय पुर्‍याइने योजना रहेको प्रवक्ता राईको भनाई छ ।प्रवासमा रहेका नेपाली श्रमजीवी वर्गलाई गोलबद्ध गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्ने र नेपाली कला–संस्कृतिको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो महाअभियान अगाडि बढिरहेको छ । नवनिर्वाचित नेतृत्वले आगामी दिनमा जापानमा रहेका नेपालीहरूलाई थप एकताबद्ध गर्दै विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरूलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया