Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – सिलिकन भ्यालीस्थित स्वायत्त सवारी प्रविधि कम्पनी नुरोले आफ्नो अटोनोमस टेक्नोलोजी जडान गरिएका लुसिड ग्राभिटी एसयूभीहरू क्यालिफोर्नियाका सार्वजनिक सडकमा चालकविहीन रूपमा परीक्षण गर्न अनुमति पाएको छ । यी सवारीसाधनहरू भविष्यमा उबरको प्रिमियम रोबोट्याक्सी सेवामा प्रयोग हुनेछन् । तर एनभिडिया र उबरको लगानी रहेको नुरोले भने परीक्षण सुरु गर्न आफू अझै पूर्ण रूपमा तयार नभएको जनाएको छ ।

क्यालिफोर्नियामा चालकविहीन सवारीसाधनको परीक्षण र सञ्चालन नियमन गर्ने निकाय क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटर भेहिकल्सले मंगलबार संचारकर्मीसंग कुरा गर्दै नुरोको चालकविहीन अटोनोमस भेहिकल अनुमति परिमार्जन गरी त्यसमा लुसिड ग्राभिटी सवारीसाधन समावेश गरिएको पुष्टि गरेको हो ।

नुरोसँग चालकविहीन परीक्षण अनुमति यसअघि नै ६ वर्षदेखि थियो । तर उक्त अनुमति केवल कम गतिको डेलिभरी सवारी सञ्चालनका लागि मात्रै लागू थियो । पछि कम्पनीले आफ्नो व्यवसायिक मोडेल परिवर्तन गर्दै उबरजस्ता कम्पनीहरूलाई चालकविहीन प्रविधि लाइसेन्स दिने रणनीतिमा केन्द्रित भएपछि सो डेलिभरी कार्यक्रम बन्द गरिएको थियो । नयाँ अनुमति अनुसार नुरोले लुसिडका सवारीसाधनहरूमा चालकको सिटमा मानव सुरक्षा अपरेटर नराखी परीक्षण गर्न पाउनेछ । नुरोका प्रवक्ता डेभिड साल्गुएरोले कम्पनीले यस वर्षको अन्त्यतिर चालकविहीन परीक्षण सुरु गर्ने अपेक्षा गरेको बताए । यद्यपि, उनले ठ्याक्कै मिति वा थप समयतालिका भने सार्वजनिक गरेनन् ।

यो चालकविहीन परीक्षण अनुमति उबरले आफ्नो प्रिमियम रोबोट्याक्सी सेवा सुरु गर्नुअघि पार गर्नुपर्ने धेरै नियामकीय चरणमध्ये एक मात्र हो । नुरोले अझै क्यालिफोर्निया पब्लिक युटिलिटिज कमिसनबाट चालकविहीन राइड-हेलिङ अनुमति र डीएमभीबाट सञ्चालन अनुमति लिनुपर्नेछ । हालका लागि नुरो र उबरले लुसिड सवारीसाधनहरूलाई चालकविहीन मोडमा परीक्षण गरिरहेका छन्, तर चालकको सिटमा मानव सुरक्षा अपरेटर भने राखिएको छ ।

नुरोले परीक्षणमा प्रगति गरिरहेका बेला उबरले लुसिडप्रतिको आफ्नो प्रतिबद्धता थप बढाएको छ । सन् २०२५ जुलाईमा तीन कम्पनीबीच सम्झौता घोषणा हुँदा उबरले लुसिडमा ३० करोड डलर लगानी गर्ने र रोबोट्याक्सीका लागि तयार २० हजार ग्राभिटी सवारीसाधन खरिद गर्ने जनाएको थियो । त्यसपछि यो प्रतिबद्धता बढेर ५० करोड डलर लगानी र कम्तीमा ३५ हजार रोबोट्याक्सीमा पुगेको छ । संशोधित सम्झौताअनुसार कम्तीमा १० हजार ग्राभिटी एसयूभी र लुसिडको आगामी मिड-साइज प्लेटफर्ममा आधारित २५ हजार विद्युतीय सवारी समावेश हुनेछन् ।

यी विद्युतीय सवारीहरूमा नुरोको चालकविहीन सवारी प्रणाली जडान गरिनेछ, जुन एनभिडियाको ड्राइभ एजीएक्स थोर कम्प्युटरद्वारा सञ्चालित हुनेछ । जनवरीमा सार्वजनिक गरिएको लुसिड ग्राभिटी रोबोट्याक्सी उच्च-रिजोल्युसन क्यामेरा, सोलिड-स्टेट लाइडार सेन्सर र रडारहरूबाट सुसज्जित छ, जसले स्वचालित ड्राइभिङ प्रणालीलाई वास्तविक सडक वातावरण बुझ्न र त्यसअनुसार सञ्चालन गर्न मद्दत गर्छ ।

लुसिडले मंगलबार आफ्नो पहिलो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गर्दै नुरो र उबरलाई ७५ वटा इन्जिनियरिङ सवारीसाधन उपलब्ध गराइसकेको जनाएको छ । कम्पनीका अनुसार अमेरिकाका विभिन्न शहरहरूमा ती सवारीसाधनहरूको परीक्षण र दूरी संकलन कार्य जारी छ ।

लुसिडले व्यावसायिक रोबोट्याक्सी सञ्चालन सन् २०२६ को अन्त्यतिर सुरु गर्ने लक्ष्यमा आफू अझै कायम रहेको जनाएको छ । तर नियामकीय अनुमतिमा निर्भर गर्दै प्रारम्भिक रोबोट्याक्सी सेवा पूर्ण रूपमा चालकविहीन नहुन सक्छ वा केही सीमित सर्तसहित सञ्चालन हुन सक्छ ।

त्यसका बाबजुद, लुसिडका अधिकारीहरूले आम्दानी विवरण सम्बन्धी छलफलका क्रममा विकास तथा प्रमाणीकरण प्रक्रिया अपेक्षा अनुसार अघि बढिरहेको भन्दै सकारात्मक धारणा व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया