Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ । वादी समुदायकी रोशनी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले आगामी २२ वैशाखसम्म फिल्म प्रदर्शन नगर्न अन्तरिम आदेश दिएको हो ।

फिल्मका केही शब्दप्रति आपत्ति जनाउँदै अदालतमा मुद्दा दायर गरिएको थियो । सोही विषयमा थप निर्णय नआउँदासम्म प्रदर्शन रोक्न भनिएको हो ।

निर्देशक यम थापाको यो फिल्म वादी समुदायका महिलाको संघर्षको कथामा आधारित छ । चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय गरेका छन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया