काठमाडौँ – नेपाल सरकारले इजरायलमा मृत्यु भएका विपिन जोशीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले उनको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो।
गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए।








