Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धमा युद्धविरामको समय थप गर्ने घोषणा गरेका छुन् । पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ते युद्धविराम बुधबार सकिनै लाग्दा ट्रम्पले सामाजिक सञ्जालमार्फत यसलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।

यद्यपि, युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयासहरू भने अहिले ठप्पएको देखिएको छ । राष्ट्रपति ट्रम्पले इरानी सरकार अहिले गम्भीर रूपमा विभाजित भएको दाबी गर्दै तेहरानबाट एउटा एकीकृत र स्पष्ट प्रस्ताव नआएसम्म युद्धविराम जारी रहने बताए । ‘पाकिस्तानको आग्रहमा हामी युद्धविराम थप्दैछौँ, तर जबसम्म तेहरानले ठोस प्रस्ताव ल्याउँदैन र छलफल निष्कर्षमा पुग्दैन, यो अवस्था जारी रहनेछ,’ उनले भने ।

यद्यपि, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाउँदै आएको नौसैनिक नाकाबन्दी भने हटाएको छैन । ट्रम्पले अमेरिकी सेना जुनसुकै बेला अपरेशनका लागि तयार रहने समेत चेतावनी दिएका छन् । अमेरिकाले नाकाबन्दी जारी राखेको विरोधमा इरानले विश्वको ऊर्जा आपूर्तिका लागि निकै महत्वपूर्ण मानिने हर्मज जलसन्धि पुनः बन्द गरेको छ । केही समयअघि मात्रै खोलिएको यो जलमार्ग बन्द हुँदा विश्वव्यापी इन्धन आपूर्तिमा ठूलो संकट आउन सक्ने देखिएको छ । इरानी विदेशमन्त्री अब्बास अराक्चीले नाकाबन्दीलाई युद्धको घोषणा भन्दै अमेरिकाले नै युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाए ।

पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको वार्ता अहिले अनिश्चित बनेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण अन्तिम समयमा रद्द गरिएको ह्वाइट हाउसले पुष्टि गरेको छ । इरानको आणविक कार्यक्रम र व्यापारिक मार्गका विषयमा दुई देशबीचको मतभेद कम हुन नसक्दा वार्ता निष्कर्षहीन बनेको हो ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको सैन्य आक्रमणपछि मध्यपूर्वको स्थिति भयावह बनेको छ । आइतबार मात्रै अमेरिकी सेनाले ओमानको खाडीमा नाकाबन्दी छलेर जान खोजेको इरानी झण्डावाला कार्गो जहाज नियन्त्रणमा लिएको थियो । इरानले भने ट्रम्पको युद्धविराम थप्ने निर्णयलाई आकस्मिक हमलाका लागि समय निकाल्ने चालबाजी मात्र भएको टिप्पणी गरेको छ ।

तपाईको प्रतिक्रिया