Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – जापानको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको एक सैन्य तालिम केन्द्रमा ट्याङ्कको गोला विष्फोट हुँदा तीन जापानी सैनिकको मृत्यु भएको छ । ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स का अनुसार मङ्गलबार बिहान भएको दुर्घटनामा अर्का एक सैनिक गम्भीर घाइते भएका छन् । ओइता प्रान्तस्थित ‘हिजुदाई’ तालिम केन्द्रमा ट्याङ्क अभ्यास भइरहेका बेला बिहान करिब ८:४० बजे यो घटना भएको हो ।

ट्याङ्कबाट प्रहार हुनुअघि नै गोला अचानक विष्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्यु हुने सैनिकहरूमा दुई जना ३० वर्षका र एक जना ४० वर्षका रहेका छन् । सेनाले उनीहरूको लिङ्ग र विस्तृत पहिचान भने खुलाएको छैन । घाइते सैनिकको अनुहारमा जलेको चोट लागेको छ, तर उनी अहिले सचेत अवस्थामा रहेको स्थानीय अग्नि नियन्त्रण विभागले जनाएको छ । दुर्घटनाका बेला ती चार सदस्यहरू ट्याङ्क कमाण्डर, गनर, सुरक्षा अधिकारी र चालकको रूपमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया