काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायकमन्त्री समिर पल कपुरले मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्ध र लगानीका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।
दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र लगानीका अवसर विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए। दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायकमन्त्री कपुर सोमबार काठमाडौं आइपुगेका हुन्।








