Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्। सोमबार भएको उक्त भेटमा कपुरले लामिछानेलाई भेट्न पाउँदा खुशी व्यक्त गरेका थिए।

भेटका क्रममा नयाँ सरकारमा रास्वपाका प्राथमिकता र नीति विषयमा छलफल भएको जनाइएको छ। साथै, नेपाल र अमेरिकाबीच सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको बताइएको छ।

दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा सहकार्य बढाउने विषयमा समेत कुराकानी गरेका छन्।

तपाईको प्रतिक्रिया