काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्तेवालबीच शिष्टाचार भेट भएको छ। भेट सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको हो।
भेटवार्तामा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी पर्यटन, लगानी, जलवायु परिवर्तन तथा हिमाली वातावरण संरक्षणका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी केन्द्रित रहेको थियो।
दुवै पक्षले आपसी सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै सहकार्य बढाउनेमा जोड दिएका छन्।








