Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । त्यसपछि अधिकारीहरूले सम्भावित सुनामीको जोखिम औंल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार साँझ ४ बजेर ५३ मिनेटमा गएको हो । यसको केन्द्रबिन्दु प्रशान्त महासागरस्थित सानरिकु तट नजिक रहेको र जमिनबाट करिब १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

अधिकारीहरूले इवाते, आओमोरी र होक्काइडो प्रान्तमा अधिकतम ३ मिटर उचाइसम्मका सुनामी छाल आउन सक्ने चेतावनी दिएका छन् । प्रभावित क्षेत्रमा सर्वसाधारणलाई समुद्री किनाराबाट टाढा रहन र उच्च स्थानतर्फ जान अनुरोध गरिएको छ ।

प्रधानमन्त्री सनाए ताकाइचीले सरकारद्वारा आकस्मिक कार्यदल गठन गरिएको जानकारी दिँदै जोखिम क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेकी छन् ।

राष्ट्रिय प्रसारक एनएचकेले हाचिनोहे बन्दरगाहबाट जहाजहरू समुद्रतर्फ सारिएको दृश्य प्रसारण गरेको थियो । प्रसारणका क्रममा ‘सुनामी ! तत्काल सुरक्षित स्थानमा जानुहोस्’ भन्ने चेतावनी सन्देश पनि देखाइएको थियो ।

भूकम्पका कारण जापानको मुख्य टापु होन्सुको उत्तरी भाग आओमोरी क्षेत्रमा बुलेट ट्रेन सेवा अस्थायी रूपमा रोकिएको क्योदो समाचार संस्थाले जनाएको छ ।

जापानको भूकम्प मापन प्रणालीअनुसार कम्पनको तीव्रता ‘अपर ५’ मापन गरिएको छ, जसले मानिसहरूलाई हिँडडुल गर्न कठिन हुने स्तरको झट्का दिने बताइएको छ । यस्तो स्तरमा कमजोर संरचनाका पर्खाल भत्किन सक्ने सम्भावना रहन्छ ।

जापान विश्वकै सबैभन्दा बढी भूकम्प प्रभावित मुलुकमध्ये एक हो । प्रशान्त महासागर वरिपरि रहेको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्प जाने गर्छ । विश्वभर ६.० वा सोभन्दा माथिका करिब २० प्रतिशत भूकम्प जापान क्षेत्रमा पर्ने अनुमान गरिएको छ ।

होक्काइडो र तोहोकु क्षेत्रमा हाल सञ्चालनमा रहेका आणविक ऊर्जा केन्द्र नभए पनि बन्द अवस्थामा रहेका केही आणविक केन्द्रहरू छन् । तोहोकु इलेक्ट्रिक कम्पनीले ओनागावा आणविक केन्द्रमा भूकम्प र सुनामीको प्रभावबारे जाँच गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया