काठमाडौँ – युक्रेन र रुसबीच जारी युद्धमा आधुनिक प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। अब मानव सैनिकको सट्टा रोबोट र ड्रोन प्रयोग हुने क्रम बढेको छ, जसलाई विज्ञहरूले भविष्यको युद्धको संकेतका रूपमा हेरेका छन्।
हालैको एक घटनामा दुई रुसी सैनिकले आत्मसमर्पण गरे, तर ती वास्तविक सैनिक नभई रोबोट र ड्रोन थिए। ती उपकरणहरू टाढाबाट अपरेटरहरूले नियन्त्रण गरिरहेका थिए। युक्रेनी कमान्डर माइकोला जिन्केभिचका अनुसार यो अपरेसन बिना गोली चलाइ सम्पन्न भएको थियो।
यी प्रविधि सुरुमा घाइतेको उद्धार र सामान ढुवानीका लागि प्रयोग गरिन्थे। अहिले भने आक्रमणका काममा समेत प्रयोग हुन थालेका छन्। विशेषगरी भूमिमा चल्ने ड्रोनहरू पत्ता लगाउन गाह्रो हुने, सबै मौसममा काम गर्ने र बढी भार बोक्न सक्ने भएकाले उपयोगी मानिएका छन्।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार पछिल्ला महिनाहरूमा हजारौँ मिसन यिनै उपकरणमार्फत सम्पन्न भएका छन्। यसले युद्धको स्वरूप बदल्न सक्ने भए पनि यसको नैतिकता र नियन्त्रणबारे बहस सुरु भएको छ।








