
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) असहज अवस्था पनि चतुराइले सहज बनाउन सकिनेछ। प्रेम सम्बन्ध मजबुत हुनेछ। परिवारसँग खुसीका पल बित्नेछन्। कला र फिल्म क्षेत्रमा अवसर मिल्नेछ। व्यापार र शेयरबाट लाभ हुने संकेत छ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ कामको अवसर आउन सक्छ। आम्दानी बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान पाइनेछ। पढाइमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध राम्रो रहनेछ। लगानीबाट फाइदा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सामग्री वा औषधि व्यापारमा फाइदा हुनेछ। विदेशसँग सम्बन्धित काम सफल हुनेछन्। प्रेम र पढाइ दुवैमा प्रगति हुनेछ। समस्या र शत्रुबाट राहत मिल्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ अवसर र पदोन्नतिको सम्भावना छ। व्यापार र लगानीबाट लाभ हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। परिवारमा खुसी बढ्नेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक काममा रुचि बढ्नेछ। मान–सम्मान बढ्नेछ। व्यापारमा सुधार आउनेछ। पुराना समस्या समाधान हुनेछन्। प्रेममा नजिकिने समय छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक कार्यतर्फ आकर्षण बढ्नेछ। व्यापार र लगानीमा लाभ हुनेछ। प्रेम सम्बन्ध राम्रो बन्नेछ। सरकारी काममा सफलता मिल्नेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्तको साथले काम सफल हुनेछ। व्यापारमा आम्दानी बढ्नेछ। प्रेम र दाम्पत्य जीवन राम्रो रहनेछ। अप्रत्याशित धन लाभ हुन सक्छ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार र शेयरबाट राम्रो नाफा हुनेछ। यात्रा गर्ने अवसर मिल्नेछ। प्रेम र मित्रता अझ मजबुत हुनेछ। अध्ययनमा सफलता मिल्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइमा राम्रो नतिजा आउनेछ। प्रतिस्पर्धामा जित हासिल हुनेछ। रोकिएका काम पूरा हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। लगानीबाट लाभ मिल्नेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्तको सहयोगले सफलता मिल्नेछ। ज्ञान र सोच बढ्नेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। शिक्षा क्षेत्रमा लगानीबाट फाइदा हुनेछ। पद प्राप्तिको सम्भावना छ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सम्पत्ति र साधनबाट आम्दानी बढ्नेछ। परिवारको साथले मन खुसी हुनेछ। पढाइ र अनुसन्धानमा प्रगति हुनेछ। प्रेममा सफलता मिल्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्यले साथ दिनेछ। सानो प्रयासबाट राम्रो आम्दानी हुनेछ। नयाँ काममा सफलता मिल्नेछ। आफन्तको सहयोग पाइनेछ। व्यापार र शेयरमा लाभ हुनेछ।








