काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले इन्धनको बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। एक हप्ताभित्र माग पूरा नभए आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संयोजक दुर्गा प्रसाईंले मूल्यवृद्धिले जनतालाई ठूलो भार परेको भन्दै सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरे। उनले विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन अघि बढाइने जानकारी पनि दिए।
सरकारले विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्नुपर्ने चेतावनी दिँदै उनले यस्ता संगठनहरू जनताको आवाज उठाउने माध्यम भएको बताए। विगतमा सानो मूल्यवृद्धिमा पनि विरोध हुने गरेको उल्लेख गर्दै अहिले ठूलो वृद्धि हुँदा पनि पर्याप्त प्रतिक्रिया नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।








