Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – अमेरिकी गायक डि 4 भिड एक किशोरीको हत्या गरेको आशंकामा पक्राउ परेका छन् । लस एन्जलस प्रहरीले गायकलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । उनको वास्तविक नाम डेभिड एन्थोनी बर्क रहेको छ ।

प्रहरीका अनुसार गत वर्ष हराएकी १४ वर्षीया सेलेस्टे रिभास हर्नान्डेजको शवका अवशेष सेप्टेम्बरमा गायकसँग सम्बन्धित टेस्ला कारभित्र फेला परेको थियो । त्यसपछि सुरु भएको ग्रान्ड ज्यूरी अनुसन्धानपछि बिहीबार उनलाई पक्राउ गरिएको हो । लस एन्जलस प्रहरी विभागले २१ वर्षीय गायकलाई जमानत बिना हिरासतमा राखिएको जनाएको छ । मुद्दा सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने बताइएको छ ।

गायकका वकिलहरूले भने उनीमाथिको आरोप अस्वीकार गरेका छन् । उनीहरूले अमेरिकी सञ्चारमाध्यमलाई दिएको वक्तव्यमा डेभिड बर्कले सेलेस्टे रिभास हर्नान्डेजको हत्या नगरेको र उनको मृत्युको कारण पनि नभएको दाबी गरेका छन् । उनीहरूका अनुसार अहिलेसम्म कुनै औपचारिक अभियोग दर्ता नभएको र केवल शंकाका आधारमा हिरासतमा राखिएको हो ।

अधिकारीहरूका अनुसार सेप्टेम्बर ८ मा हलिउडस्थित एक टो यार्डमा दुर्गन्ध आएको सूचनापछि कार जाँच गर्दा किशोरीको टाउको र शरीरको भाग शव राख्ने ब्यागभित्र कारको अगाडिको भागमा फेला परेको थियो । मेडिकल परीक्षणकर्ताले शव अत्यधिक कुहिएको अवस्थामा भेटिएकाले मृत्युको कारण तत्काल खुलाउन नसकिएको बताएका छन् । शव फेला पर्नुभन्दा केही साताअघि नै उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

सेलेस्टे अप्रिल २०२४ देखि परिवारले हराएको भनी प्रहरीमा जानकारी गराएका थिए । उनी क्यालिफोर्नियास्थित लेक एल्सिनोर क्षेत्रमा बस्दै आएकी थिइन् । स्थानीयवासीका अनुसार उनी छिमेकको पसलमा प्रायः दैनिक रूपमा मिठाई र पेय पदार्थ किन्न जाने गर्थिन् ।

घटनाबारे स्पष्ट जानकारी सार्वजनिक नभएकाले सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको थियो । धेरैले किशोरी र गायकबीचको सम्बन्धबारे अनुमान गरेका थिए ।

डिसेम्बरदेखि ग्रान्ड ज्यूरीले प्रमाण सुन्न थालेको भए पनि बिहीबारको गिरफ्तारीलाई पछिल्ला महिनाहरूको सबैभन्दा ठूलो प्रगति मानिएको छ ।

यसअघि शव फेला परेपछि डि 4 भिडले आफ्नो विश्व भ्रमण कार्यक्रम रद्द गरेका थिए । त्यसपछि उनी सार्वजनिक रूपमा निकै कम देखिएका थिए । प्रहरीले यसअघि उनी बस्दै आएको हलिउड हिल्सस्थित घरमा पनि छापा मारेको थियो । साथै केही व्यावसायिक ब्रान्डहरूले पनि उनीसँगको सहकार्य अन्त्य गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया