काठमाडौँ – नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार ग्रहण गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग पहिलो शिष्टाचार भेट गरेकी छन्। सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरूबीच संक्षिप्त छलफल भएको थियो।
भेटका क्रममा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, आगामी कामकाजका विषयमा सामान्य छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।








