काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षमा नपुगेपछि आफ्नो नीति अझ कडा बनाउने संकेत दिएका छन्। जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरान वार्तामा फर्किए वा नफर्किए आफूलाई फरक नपर्ने बताएका छन्।
ट्रम्पले अब कूटनीतिक प्रयासभन्दा सैन्य दबाब र नाकाबन्दीलाई प्राथमिकता दिने संकेत दिएका छन्। उनका अनुसार अमेरिकाले इरानमाथि थप कडा कदम चाल्ने तयारी गरिरहेको छ। यसैबीच, अमेरिकी सेनाले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने योजना बनाएको छ। स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूलाई नियन्त्रण गर्ने चेतावनी समेत दिइएको छ।
यो कदमले विश्वको प्रमुख तेल आपूर्ति मार्ग प्रभावित हुन सक्ने र इन्धन अभाव तथा मूल्यवृद्धि हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। विश्लेषकहरूका अनुसार यसले क्षेत्रीय तनाव बढाउँदै सम्भावित द्वन्द्वको जोखिम अझ बढाएको छ।








