Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौँ – बलिउडकी प्रसिद्ध र सदाबहार गायिका आशा भोसले को ९३ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार दिउँसो ब्रीच क्यान्डी अस्पताल, मुम्बई मा उपचारका क्रममा निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। अत्यधिक थकान र छातीमा संक्रमण भएपछि उपचार सुरु गरिएको थियो। केही रिपोर्टमा हृदयघातको आशंका गरिएको भए पनि परिवारले भने थकान र संक्रमणकै कारण स्वास्थ्य बिग्रिएको जनाएको थियो।

उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइन्। सन् १९३३ सेप्टेम्बर ८ मा जन्मेकी भोसलेको २०२६ अप्रिल १२ मा निधन भएको हो। उनको अन्तिम संस्कार सोमबार अपराह्न ४ बजे गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया