Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – अमेरिकी अन्तरिक्ष संस्था नासाको आर्टेमिस–२ अभियानअन्तर्गत चार अन्तरिक्ष यात्री १० दिनको अन्तरिक्ष यात्रा पूरा गरी सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्। ‘ओरियन’ क्याप्सुल शुक्रबार प्रशान्त महासागरमा अवतरण गरेको हो।

यो अभियानमा अन्तरिक्ष यात्रीहरू पृथ्वीबाट करिब ४ लाख किलोमिटरभन्दा टाढासम्म पुगेका थिए। जुन मानव इतिहासकै टाढाको दूरीमध्ये एक मानिन्छ। क्याप्सुलले पृथ्वीको दुई पटक परिक्रमा गर्नुका साथै चन्द्रमाको नजिकबाट उडान भरेको थियो। अवतरण प्रक्रिया निकै जोखिमपूर्ण मानिए पनि क्याप्सुलले उच्च तापक्रम र तीव्र गतिलाई सहन सफल भएको नासाले जनाएको छ। अवतरणपछि सबै अन्तरिक्ष यात्री सुरक्षित रहेको पुष्टि गरिएको छ।

अमेरिकी नौसेनाको सहयोगमा उनीहरूलाई शीघ्र उद्धार गरी स्वास्थ्य परीक्षण गरिएको थियो। यो आर्टेमिस कार्यक्रमअन्तर्गतको पहिलो मानवसहितको परीक्षण उडान हो। यसले भविष्यमा पुनः चन्द्रमामा मानव पठाउने र दीर्घकालमा मंगल ग्रहसम्म यात्रा विस्तार गर्ने योजनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको मानिएको छ।

तपाईको प्रतिक्रिया