Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग तथा श्रम मन्त्रालयमा नयाँ मन्त्रीहरूको नियुक्ति गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद गौरीकुमारी यादवलाई उद्योग मन्त्री र रामजी यादवलाई श्रम मन्त्रीमा नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुवै मन्त्रीले आजै ( शुक्रवार )राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ। गौरीकुमारी यादव महोत्तरी–४ र रामजी यादव सप्तरी–२ बाट फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए।

प्रधानमन्त्री शाहले उद्योग मन्त्रालय सुरुदेखि नै आफैंसँग राख्दै आएका थिए। यसअघि श्रम मन्त्री रहेका रास्वपा सांसद दीपककुमार साहलाई भने पार्टी सभापति रवि लामिछानेको सिफारिसमा बिहीबार पदमुक्त गरिएको थियो।

तपाईको प्रतिक्रिया