Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

https://youtu.be/SLUm4xmQyZw

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ। अघिल्लो दिन उच्च वृद्धि भएको सुनको मूल्य यसदिन भने घट्दै प्रतितोला ४ हजार ३०० रुपैयाँले तल झरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुनको भाउ २ लाख ९९ हजार रुपैयाँसम्म पुगेको थियो। चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ५ हजार २५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ८७५ रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा १५० रुपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। हाल विश्व बजारमा सुन प्रतिऔंस ४ हजार ७१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया