Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतको आदेशपछि प्रहरीले केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गरेको छ। सरकारी वकिलको सहमतिमा ‘आवश्यक परे उपस्थित हुने’ सर्त राखेर उनीहरूलाई मुक्त गरिएको हो।

भदौ २३–२४ मा भएको घटनाको छानबिनका लागि बनेको आयोगको सिफारिसका आधारमा चैत १४ गते उनीहरू पक्राउ परेका थिए। त्यसपछि प्रहरीले तीन पटकसम्म म्याद थपेर हिरासतमा राखेको थियो।

बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चौथो पटक म्याद नथप्न निर्देशन दिएको थियो। साथै, आवश्यक परे हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। उक्त आदेश कार्यान्वयन गर्दै म्याद सकिएपछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया