Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको घोषणा बुधबार बिहान आफ्नो ट्रुथ सोसल अकाउन्टबाट सार्वजनिक गरेका हुन्।

समयसीमा सकिनै लाग्दा युद्धविराममा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि जनाएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै पक्षबीच समन्वय गर्न भूमिका खेलेका थिए। जसका लागि उनलाई दुवै देशले धन्यवाद दिएका छन्। अमेरिकी पक्षले इजरायल पनि सहमत भएको दाबी गरेको छ भने इरानले लेबनन समेत समेटिएको जनाएको छ। इरानले १० बुँदे प्रस्तावमार्फत प्रतिबन्ध फुकुवा, हर्मुज क्षेत्रमा सुरक्षित आवतजावत र क्षेत्रीय द्वन्द्व अन्त्यका विषय अघि सारेको छ।

छ हप्तादेखि जारी युद्धमा पाँच हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। युद्धविरामपछि विश्व बजारमा सकारात्मक प्रभाव देखिएको छ भने तेलको मूल्य घटेको छ।

तपाईको प्रतिक्रिया