Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – युद्धका कारण विश्व बजारमा इन्धनको अभाव र मूल्यवृद्धि तीव्र बनेपछि सरकारले नागरिकलाई सम्भव भएसम्म घरबाटै काम गर्न आग्रह गरेको छ। मन्त्रिपरिषद्को बैठकपछि निर्णय सार्वजनिक गर्दै मन्त्री प्रतिभा रावलले इन्धन खपत घटाउन यस्तो अपिल गरिएको बताइन्। सरकारले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने तथा सो निर्णय राजपत्रमा प्रकाशित गर्ने जनाएको छ।

सरकारले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारेको छ। रावलका अनुसार यो तथ्य लुकाइने छैन र व्यवहारिक रूपमा मूल्य समायोजन गरिनेछ। इन्धन खपत नियन्त्रणका लागि सरकारले विभिन्न कदम अघि बढाइसकेको छ। जसअन्तर्गत आइतबार सार्वजनिक बिदा दिने, शैक्षिक संस्था वैशाख १५ देखि सञ्चालन गर्ने, थोक बिक्रीमा नियन्त्रण, उच्चपदस्थको इन्धन कोटा कटौती लगायतका उपाय लागू गरिएका छन्। आवश्यक परे जोर–बिजोर प्रणाली पनि लागू गर्न सकिने जनाइएको छ।

त्यसैगरी सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउन र त्यससम्बन्धी कानुनी व्यवस्था तयार पार्न पहल गरिरहेको छ। इथानोल नीति निर्माणको तयारी समेत भइरहेको र विद्युतीय सवारीका पूर्वाधार विस्तारमा सरकार प्रतिबद्ध रहेको मन्त्री रावलले बताइन्।

तपाईको प्रतिक्रिया