Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नीर शाह अभिनीत चलचित्र ‘परान’ ले वर्ष २०८२ मा नेपाली बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान बनाएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘परान’ सबैभन्दा अगाडि परेको हो। यस फिल्मले १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै शीर्ष स्थान हासिल गरेको छ। फिल्मका करिब ६ लाख ३० हजारभन्दा बढी टिकट बिक्री भएका छन्।

दोस्रो स्थानमा ‘आ बाट आमा’ रहेको छ, जसले १३ करोडभन्दा बढी कमाइ गर्न सफल भएको छ। पल शाहको मुख्य भूमिका रहेको यस फिल्मका ५ लाखभन्दा बढी टिकट बिक्री भएका छन्।

त्यस्तै, तेस्रो स्थानमा अनमोल केसी अभिनीत ‘जेरी अन टप’ परेको छ। फिल्मले १२ करोडभन्दा बढी व्यापार गर्दै राम्रो प्रदर्शन गरेको छ भने यसको करिब ३ लाख ९६ हजार टिकट बिक्री भएको छ।

तपाईको प्रतिक्रिया