समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि सेयर बजारको कारोबार दिनमा परिवर्तन गरिएको छ। अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबारको सट्टा शुक्रबार बजार सञ्चालन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयपछि नेप्सेको सञ्चालक समितिले नयाँ कार्यतालिका लागू गर्ने निर्णय गरेको जनाएको छ। यसअघि सेयर बजार आइतबारदेखि बिहीबारसम्म खुल्ने व्यवस्था थियो। अब भने आइतबार बन्द हुने र शुक्रबार कारोबार हुने भएको छ।
यद्यपि, कारोबार हुने दिनको संख्या भने उस्तै पाँच दिन नै रहनेछ। नेप्सेका अनुसार बजार खुल्ने समय र अन्य प्रक्रिया भने यथावत् रहनेछन्।








